काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)र क्लाउडमा आधारित लेखा प्रणाली ‘टिग’को विकास तथा सञ्चालन गर्दै आएको बिआइसी टेक्नोलोजी प्रालि(टिग)बीच नेपालको लेखा व्यवसायमा डिजिटल रूपान्तरण तथा प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार आइक्यानमा दर्ता भई सदस्यता नवीकरण गरेका योग्य चार्टर्ड एकाउन्टेन्ट (सिए) तथा रजिस्टर्ड अडिटर (आरए) फर्महरूले आइक्यानको आधिकारिक अभिलेखका आधारमा आवश्यक प्रमाणीकरणपछि टिगको बेसिक भर्सन आजीवन निःशुल्क प्रयोग गर्न सक्नेछन् । त्यसैगरी, योग्य आइक्यान विद्यार्थीले शैक्षिक तथा गैर-व्यावसायिक प्रयोजनका लागि टिगको एजुकेसन भर्सन निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
सहकार्यअन्तर्गत लेखा व्यवसायी तथा विद्यार्थीको डिजिटल क्षमता अभिवृद्धि, व्यावहारिक सिकाइ, प्रविधिको प्रयोग तथा नवप्रवर्तन प्रवर्द्धन गर्न संयुक्त कार्यक्रम तथा पहलहरू सञ्चालन गरिने आइक्यानले जनाएको छ । टिगले प्रयोगकर्ताका लागि प्रणालीमा आबद्ध हुन आवश्यक सहयोग, प्रशिक्षण सामग्री, उत्पादनसम्बन्धी मार्गदर्शन तथा ग्राहक सहायता उपलब्ध गराउनेछ भने आइक्यानले योग्य फर्म तथा विद्यार्थीको प्रमाणीकरणमा सहजीकरणका साथै आफ्ना आधिकारिक सञ्चार माध्यममार्फत् उक्त पहललाई प्रवर्द्धन गर्नेछ ।







एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा