काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशमा साना तथा मझौला व्यवसायी(एसएमइज)लाई व्यावसायिक क्षमता अभिवृद्धिका लागि सम्झौता भएको छ । महासंघको केन्द्रीय कार्यालयमा बैंकतर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र महासंघतर्फबाट महानिर्देशक डा. गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
महासंघ अध्यक्ष अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलगायतको उपस्थितिमा भएको सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सम्झौतापछि सातै प्रदेश र क्रमिक रूपमा अन्य क्षेत्रमा समेत हुने क्षमता अभिवृद्धि कार्यक्रमले उद्योगी व्यवसायीको वित्तीय ज्ञान बढ्नुका साथै वित्तीय अनुपालनासमेतमा क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै बैंकलाई धन्यवाद दिनुभएको थियो ।
त्यस्तै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले उद्योगी व्यवसायीले आफ्नो वित्तीय विवरण तयार गर्न तथा सोसँग सम्बन्धित वित्तीय अनुपालना कायम गर्न सरोकारवालाको उपस्थितिमा तालिम सञ्चालन गरिने र सोका लागि आवश्यक पर्ने प्राविधिक सहयोग बैंकले गर्ने बताउनुभएको थियो ।




नेपाल क्लियरिङ हाउसको १५औँ साधारण
सांसद खगेन्द्र सुनार अडियो प्रकरण
देउवा समूहको निर्णय : कांग्रेसका
कांग्रेस महाधिवेशन : यी हुन्
एमाले अध्यक्ष ओलीद्वारा नीति अध्ययन
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम