काठमाडौं । पोखरास्थित लक्जरी इको-रिसोर्ट द पाभिलियन्स हिमालयज, द फार्म सन् २०२६ को ‘कन्डे नास्ट ट्राभलर रिडर्स अवार्ड’मा एसियाका उत्कृष्ट होटलमध्ये छनोट भएको छ । दिगो पर्यटन, वातावरण संरक्षण तथा स्तरीय आतिथ्य सेवाका लागि परिचित पाभिलियन्स हिमालयजको उक्त उपलब्धिले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचान थप बलियो बनाएको छ ।
प्राकृतिक वातावरणसँग समायोजन गरी सञ्चालनमा रहेको रिसोर्टले विलासी आतिथ्यसँगै वातावरणीय दिगोपन र जिम्मेवार पर्यटनलाई प्राथमिकता दिँदै आएको छ ।
स्थानीय समुदायको सहभागिता तथा प्राकृतिक स्रोतको संरक्षणलाई पर्यटन व्यवसायसँग जोडेर रिसोर्टले आफ्नो सेवा र पूर्वाधार विकास गरेको जनाएको छ । विश्वप्रसिद्ध यात्रा तथा पर्यटन प्रकाशन कन्डे नास्ट ट्राभलरले आयोजना गर्ने रिडर्स च्वाइस अवार्ड यात्रु तथा पाठकको रोजाइ र अनुभवमा आधारित हुन्छ ।
अवार्डमा विश्वभरका होटल, रिसोर्ट, गन्तव्य तथा पर्यटन सेवाहरू समेटिन्छन् । पाभिलियन्स हिमालयजको अन्तर्राष्ट्रिय सूचीमा परेको उपलब्धिले नेपालको लक्जरी तथा इको-टुरिजमलाई विश्व पर्यटन बजारमा थप प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, पोखरालाई उच्चस्तरीय तथा दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न पनि त्यसले योगदान गर्ने विश्वास गरिएको छ ।







पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र