काठमाडौं । भक्तपुरको डोलेश्वरस्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । रिसोर्टले सर्वसाधारणबाट करिब १६ करोड २० लाख रुपैयाँ उठाउन प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १६ लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डमा अघि बढाएको हो ।
हालै सम्पन्न साधारणसभामा सञ्चालक समितिका अध्यक्ष रामनाथ मैनालीले सेयर निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको जानकारी दिनुभयो ।
कम्पनीले उक्त सेयर निष्कासनबाट प्राप्त रकमलाई व्यवसाय विस्तार, पूर्वाधार निर्माण तथा रिसोर्टलाई चार तारेस्तरमा स्तरोन्नति गर्न उपयोग गरिने जनाएको छ । डोलेश्वर भिलेज रिसोर्टले डोलेश्वर महादेव मन्दिरको धार्मिक पर्यटन, भक्तपुरको सांस्कृतिक पर्यटन र काठमाडौं उपत्यकाको बजारलाई आफ्नो प्रमुख व्यावसायिक आधार मानेको छ ।
रिसोर्टको ११औँ साधारणसभालाई उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले पर्यटनमा भक्तपुरको प्रचुर सम्भावनालाई सर्वसाधारणको आयआर्जनमा जोड्न प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने योजना बनाएको बताउनुभएको थियो ।







राशिफल २४ असोज, कन्या :
पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको