काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, ब्राउनसुगरजस्तो देखिने पदार्थ, गाँजा तथा विभिन्न प्रकारका नियन्त्रित लागूऔषध र नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार काठमाडौंको तारकेश्वर नगरपालिका-८ बाट ३२ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र ३० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाका अमृत बराल र सुजन विश्वकर्मा तथा नुवाकोटका बसन्त ढकाल र सन्दिप कालिकोटे रहेका छन् ।
त्यस्तै, सुनसरीको कोशी गाउँपालिका-१ भन्सार टोलबाट ४२० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुहवीका ३१ वर्षीय शिशिर कुवँर पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरीकै बराहक्षेत्र नगरपालिका-३ नहाडा चोकबाट १ हजार ३९० ट्याब्लेट डाइक्लोमाइन र १ हजार ३९० ट्याब्लेट ट्रामाडोलसहित उदयपुरका ३० वर्षीय अनुश मगर पक्राउ परेका छन् । प्रहरीलाई देखेपछि मोटरसाइकल चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ललितपुरको हरिसिद्धिस्थित तफाखल पार्कबाट ५० ट्याब्लेट नाइट्राजेपामसहित आयुष सुनुवार पक्राउ परेका छन् । त्यस्तै, उदयपुरको बेलका नगरपालिका-१ आम्बासीबाट पाँच किलो गाँजासहित सुनसरीका २९ वर्षीय विशाल राई पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवाबाट १८० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २७ वर्षीय प्रकाश वली पक्राउ परेका छन् । नवलपरासी पूर्वको देवचुली नगरपालिका-१६ बाट ट्रामाडोल ३० ट्याब्लेट, भोमाइन ३० ट्याब्लेट र ऐनारगन ४५ ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् ।
झापाको दमक नगरपालिका-७ डुमटोलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ८४० मिलिग्राम र ट्रामाडोल २७ ट्याब्लेटसहित आशिषकुमार तामाङसहित चार जना पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका-६ बरगाछी चोकबाट १ ग्राम २८० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २५ वर्षीय सूर्य दर्जी पक्राउ परेका छन् ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीबाट ट्रामाडोल १ हजार ६१० ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र ६७ हजार ४०० रुपैयाँसहित ३८ वर्षीय सुरज बानियाँ पक्राउ परेका छन् ।
बाँकेको डुडुवा गाउँपालिका-१ पिपरहवाबाट करिब १० किलो गाँजासहित ४० वर्षीय रामनरेश कुर्मी पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-९ महेन्द्रपुलबाट ३१० ट्याब्लेट टापेन्टाडोलसहित २२ वर्षीय सुशील रोक्का पक्राउ परेका छन् ।
त्यस्तै, कैलालीको टीकापुर नगरपालिका-१ बनगाउँबाट १ ग्राम ६४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २१ वर्षीय बिबश चौधरीसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ परेका सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका