काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारेख बुझाउन काठमाडौं जिल्ला अदालत पुग्नुभएको छ । सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएका लामिछाने शुक्रबार दिउँसो बबरमहलस्थित जिल्ला अदालत पुग्नुभएको हो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । उक्त मुद्दामा अदालतले २०८१ माघ २ गते लामिछानेसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो । उहाँले सोही दिन धरौटी बुझाउनु भएकाे थियो ।
यसअघि कास्की जिल्ला अदालतले सहकारी ठगीसम्बन्धी अर्को मुद्दामा लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
त्यसैगरी, काठमाडौं जिल्ला अदालतपछि रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ र चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
सहकारीको रकम अपचलनसम्बन्धी विभिन्न जिल्लामा विचाराधीन मुद्दामा लामिछानेले धरौटी बुझाएर बाहिर रहनु भएकाे छ ।







पोखरामा स्कुल बस दुर्घटना अपडेट
उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी