चितवन । मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरको पहिरो प्रभावित क्षेत्रलाई छल्ने गरी वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ ।
चितवनको फिस्लिङपारि गोरखातर्फको पल्लोटारदेखि सिउरेनीटार हुँदै धादिङको बेनीघाट जोड्ने सडकलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको हो । उक्त सडकको कुल लम्बाइ १९ किलोमिटर रहेको छ ।
वैकल्पिक मार्गअन्तर्गत १.२ किलोमिटर नयाँ ट्र्याक खोल्नुका साथै सडक स्तरोन्नति गरिनेछ । यसबाट कृष्णभीरको पहिरोका कारण मुग्लिन–काठमाडौं सडकखण्डमा आवागमन अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।
कृष्णभीरमा पहिरो खस्ने समय अनिश्चित हुँदा पटकपटक सडक अवरुद्ध हुने जोखिम रहँदै आएको छ । यही जोखिमलाई ध्यानमा राख्दै फिस्लिङदेखि बेनीघाट जोड्ने सडकलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको हो ।
तस्बिर : हीरालाल गुरुङ







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं