काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरेको र पटक–पटक बढुवासमेत लिएको आरोपमा खोप अधिकृत सुमन प्रसाद तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
स्वास्थ्य निर्देशनालय, धनकुटामा खोप अधिकृतका रूपमा कार्यरत तिवारी हाल स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा छन्।
आयोगका अनुसार तिवारीले खोप सुपरभाइजर (राजपत्र अनंकित प्रथम श्रेणी) पदमा नियुक्ति लिन भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको इन्टरमिडिएट आर्ट्स (आईए) तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
उक्त प्रमाणपत्रकै आधारमा सरकारी सेवामा प्रवेश गरेका उनले माथिल्लो तहका विभिन्न पद तथा श्रेणीमा बढुवा हुनसमेत पटक–पटक सोही प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। यसरी बढुवा हुँदै उनले राष्ट्रसेवक कर्मचारीका रूपमा पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आरोप लगाइएको छ।
आयोगले तिवारीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको दाबी गरेको छ।
उक्त कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगले २०८३ असोज २३ गते जारी गरेको प्रेस विज्ञप्तिमा प्रवक्ता सुरेश न्यौपानेले उक्त जानकारी दिनुभएकाे हाे ।







नेपाली कांग्रेसको १५औँ महाधिवेशन :
तीस अर्ब रूपैयाँ निक्षेप तान्दै
राष्ट्रपति पौडेलसमक्ष थारू आयोग र
कोरिया पठाइदिने भन्दै ठगी गरेको
हावाहुरी र वर्षाका कारण प्रभावित
ऊर्जामन्त्री श्रेष्ठले भने : ‘देश