काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको सूचनाअनुसार दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको हो ।
काठमाडौंमा जारी महाधिवेशनअन्तर्गत आज बिहानदेखि मतदान प्रक्रिया सुरु भएको थियो । मतदानको समय थप गरिएको जानकारी निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले दिनुभएको हो ।
निर्वाचन समितिले मतदानको समय थप गरिएको जानकारी गराउँदै सम्पूर्ण महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालालाई सोहीअनुसार सहभागी हुन आग्रह गरेको छ ।








यसपाली बागलुङ कालिकामा छैन चहलपहल
तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस
पन्द्र दिनपछि खुल्यो मालढुंगा पुल
बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन
भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी
नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले