काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले चार महिनाका लागि अग्रिम १३ लाख २० हजार रुपैयाँ भुक्तानी गरेर घर भाडामा लिएका थिए ।

प्रहरीले बिहीबार माथिल्लो भंगालस्थित उक्त घरबाट २१ किलो ७५०.६८ ग्राम सुनसहित चिनियाँ नागरिक हान फेई, झोउ लङछिङ र सु क्यानलाई पक्राउ गरेको थियो । बरामद सुनको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जना चीनको ग्वाङ्झाउमा बस्ने झेन जियाको निर्देशनमा काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । झेनले नेपालमा सुन कहाँ र कसलाई पुर्याउने भन्ने निर्देशन दिने गरेको र उनीहरूले सोहीअनुसार काम गर्ने गरेको प्रहरीको भनाइ छ ।

अनुसन्धानका क्रममा उनीहरूले सुन अर्धठोस अवस्थामा ल्याउने गरेको र भाडामा लिएको घरमा विभिन्न मेसिन तथा रसायन प्रयोग गरेर त्यसलाई सुनका बिस्कुटको आकार दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा