शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘बिटौरी जग्गामा बसोवास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३’ स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
बैठकले नेपालको भूकम्पीय जोखिम व्यवस्थापनका लागि विश्व बैंकसँग ‘नेपाल अर्थक्वेक क्याटास्ट्रोफ वन’ सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।
त्यसैगरी, जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी तथा करातेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
प्रशासनिकतर्फ नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।






भेट्रान्स फुटबलको विजेतालाई १३ लाख
सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका
भारतविरुद्ध वेष्ट इण्डिजको ऐतिहासिक रनचेज
एसियाडमा १३५ खेलाडी जाँदा जम्मा
फिफा विश्वकप छनोटमा एन्फाकै मिलेमतो
रग्बी विकास र खेल पर्यटन