काठमाडौं । बाराको पचरौता नगरपालिका–६ का वडाध्यक्ष मकबुल मियाँ अंसारीसमेतका प्रतिवादीले सार्वजनिक सम्पत्ति हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा दायर मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले प्रतिवादीहरूविरुद्ध ४ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम आरोपपत्र दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालत काठमाडौंले २०८३ वैशाख ७ गते प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको थियो ।
विशेष अदालतको उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले २०८३ असोज २३ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको जनाएको छ ।
आयोगले प्रतिवादीहरूबाट बिगो असुलउपर गर्न तथा भ्रष्टाचार निवारण ऐनका सम्बन्धित प्रावधानबमोजिम कैद र जरिवानाको सजाय गर्न मागदाबी गरेको थियो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।






राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :