काठमाडौं । दशैँ, तिहार र छठलगायतका चाडपर्व नजिकिएसँगै कालोबजारी, मूल्यवृद्धि र अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले बजार अनुगमन तीव्र बनाएको छ ।
यसैक्रममा महानगरपालिकाको टोलीले शुक्रबार काठमाडौंको बागबजार क्षेत्रका विभिन्न खाद्यान्न पसलमा आकस्मिक अनुगमन गरेको छ ।
चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ्ने र त्यसको मौका छोपेर उपभोक्ता ठगी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अनुगमनलाई तीव्रता दिइएको महानगरले जनाएको छ ।
अनुगमनका क्रममा टोलीले खाद्यान्नको गुणस्तर, मूल्यसूची, म्याद गुज्रिएका सामग्रीको अवस्था, भण्डारण प्रक्रिया तथा वस्तुको लेबल जाँच गरेको थियो ।
महानगरको टोलीले व्यापारीलाई उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी वस्तु बिक्री नगर्न र तोकिएको मूल्यभन्दा बढी रकम नलिन सचेत गराएको छ । नियमविपरीत काम गरेको पाइएका पसललाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने पटक–पटक लापरबाही गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
महानगरपालिकाले चाडपर्वका अवधिभर बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।






चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना