काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना आजै रातिदेखि सुरु गर्ने तयारी गरिएको छ ।
निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले मतदान सकिएलगत्तै सभापति पदको मतगणना सुरु गरिने जानकारी दिएका छन् ।
पार्टी विधानअनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत आवश्यक पर्ने भएकाले पहिलो चरणमा कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त नगरे दोस्रो चरणको निर्वाचन गर्नुपर्ने हुन्छ । यही कारण सभापति पदको मतगणना आजै गर्ने तयारी गरिएको खड्काले बताउनु भयाे ।
उहाँका अनुसार सभापति पदको मतगणना राष्ट्रिय सभा गृहमा गरिनेछ भने अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।
सभापति पदका लागि विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा हुनुहुन्छ ।
शुक्रबार अपराह्न साढे ४ बजेसम्म ४ हजार ५७५ मत खसेको थियो ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा