काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा सभापतिका उम्मेदवार गगनकुमार थापाले मतदान गर्नुभएकाे छ । उहाँले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएकाे हाे ।
कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन समितिका अनुसार अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ।
प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी बागमती प्रदेशबाट १ हजार २२५ मत खसेको छ। त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ९८२, कोशी प्रदेशबाट ९४३, मधेश प्रदेशबाट ९००, लुम्बिनी प्रदेशबाट ८६० र गण्डकी प्रदेशबाट ७२३ मत खसेको निर्वाचन समितिले जनाएको छ।
मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको समितिले जनाएको छ। महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न मतदान गरिरहेका छन्।
मतदानका क्रममा उम्मेदवारहरूले मतदान केन्द्रमा पुगेर समर्थक तथा प्रतिनिधिहरूसँग संवादसमेत गरिरहेका छन्। मतदान सम्पन्न भएपछि लगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ।







राशिफल २४ असोज, कन्या :
पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको