काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिएको छ।
गृह मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने विभागीय कारबाही गरेको जनाएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दाहाललाई आचरणसम्बन्धी विषय बारम्बार उल्लंघन गरेको, अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मानप्रतिष्ठा र छविमा आँच पुर्याउने काम गरेको कसुरमा कारबाही गरिएको हो।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहाललाई सेवाबाट हटाइएको जानकारी सम्बन्धित सबैलाई गराइएको उल्लेख छ।







पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका
काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै
कृष्णभीरको पहिरो छल्न १९ किलोमिटर