काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को प्रदर्शन स्थगित भएको छ । शुक्रबारबाट रिलिज हुने भनिएको यो चलचित्र नेपाल तथा भुटानमा एकसाथ प्रदर्शनमा आउने तयारीमा थियो ।
चलचित्रको बिहीबार साँझ ललितपुरस्थित लबिम मलमा प्रिमियर पनि गरिएको थियो । प्रिमियरबाट चलचित्रले प्राप्त गरेको उत्साहजनक तथा उत्कृष्ट प्रतिक्रियालाई मध्यनजर गर्दै नेपाल र भुटानमा मात्र सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय गरेसँगै रिलिज स्थगित गरिएको निर्माण टिमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
चलचित्रलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशमा एकसाथ दर्शकमाझ पुर्याउने तयारी भइरहेको छ । जसका लागि आवश्यक प्रक्रिया तथा व्यवस्थापन पूरा गरी छिट्टै नयाँ प्रदर्शन मिति सार्वजनिक बताइएको छ ।







आश्विन कृष्ण औँसी : सोह्र
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल
भोटेकोशी बाढी : एक हजार
बिपी राजमार्ग अवरुद्ध
कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा