पोखरा । चर्चित गायक तथा गीतकार बिपुल क्षेत्रीले आगामी कात्तिक १३ गते शुक्रबार पोखरामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने हुनुभएको छ । ‘बिपुल क्षेत्री लाइभ इन पोखरा’ नाम दिइएको कन्सर्ट पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा आयोजना हुने भएको हो ।
प्रचार नेपाल प्रालिले आयोजना गर्न लागेको उक्त कार्यक्रम बिपुलको ‘प्रवाह नेपाल टुर २०२६’ अन्तर्गत हुन लागेको हो । टुरको व्यवस्थापन ताक्षक इन्टरटेनमेन्ट र प्रोजेक्ट स्टुडियोले गरिरहेका छ न्।
कन्सर्टका लागि प्रारम्भिक चरणका टिकट बिक्री खुला भइसकेका छन् । दर्शकले खल्ती एप तथा अनलाइन प्लेटफर्ममार्फत जनरल, गोल्ड सर्कल र भीआईपी श्रेणीका टिकट खरिद गर्न सक्ने आयोजकले जनाएको छ ।
नेपाली लोकसंगीतको प्रभाव र मौलिक एकुस्टिक शैलीका लागि परिचित बिपुलले आफ्ना ब्याण्डसहित प्रस्तुति दिनुहुनेछ । कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै खानाका स्टल तथा अन्य मनोरञ्जनात्मक गतिविधिसमेत रहने कार्यक्रम संयोजक महेश्वरसिंह भण्डारीले जानकारी दिनुभयो ।
प्रचार नेपालका सञ्चालक आशिष पुरीका अनुसार कन्सर्टलाई व्यवस्थित, सुरक्षित र दर्शकमैत्री बनाउने तयारी भइरहेको छ । कार्यक्रमले पोखराको सांगीतिक माहोललाई थप चलायमान बनाउनुका साथै स्थानीय पर्यटन तथा मनोरञ्जन क्षेत्रलाई प्रवर्द्धन गर्ने अपेक्षा आयोजकले गरेको छ ।






भ्रष्टाचारविरुद्धको राष्ट्रसंघीय महासन्धि कार्यान्वयनबारे सबै
दीपक भट्टको मानव अधिकार संरक्षणको
५४ करोडभन्दा बढीको सुन बरामद
सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म