काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३, १४ र १५ गते ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रको प्रवद्र्धन, कलाकारको सम्मान तथा देशभरका कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो ।
महोत्सवबारे जानकारी दिन आयोजित कार्यक्रममा डंगोलले तीन दिनसम्म काठमाडौंका विभिन्न स्थानमा चलचित्र प्रदर्शन, सम्पदा पदयात्रा, सांस्कृतिक कार्यक्रम तथा अन्तरक्रिया सञ्चालन गरिने बताउनुभयो ।
महोत्सवको पहिलो दिन खुला स्थानमा चलचित्र प्रदर्शन, सम्पदा पदयात्रा र काठमाडौंको मौलिक संस्कृति झल्किने कार्यक्रम आयोजना गरिनेछ । दोस्रो दिन नेपाली चलचित्र क्षेत्रलाई समर्पित गर्दै पुराना तथा नयाँ कलाकार र सिर्जनात्मक उद्योगमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान तथा प्रोत्साहन गरिनेछ । तेस्रो दिन बौद्ध क्षेत्रमा भ्रमण, धन्यवाद ज्ञापन तथा चलचित्र प्रदर्शनका कार्यक्रम राखिएका छन् ।
‘युनेस्को क्रिएटिभ सिटी अफ फिल्म’ का रूपमा रहेको काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई चलचित्रमार्फत विश्वसामु चिनाउने महोत्सवको लक्ष्य रहेको डंगोलले बताउनुभयो । ‘माइ कल्चर, माइ हेरिटेज’ अवधारणाअन्तर्गत देशका विभिन्न क्षेत्रका मौलिक कथा, कला र संस्कृतिलाई समेत महोत्सवमा समेटिनेछ ।
महोत्सवमा स्थानीय कलाकार, परम्परागत बाजा समूह, नृत्यकर्मी तथा समुदायको सहभागितालाई प्राथमिकता दिइनेछ । चलचित्र क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थी तथा युवालाई लक्षित गरी मास्टर क्लास, कार्यशाला र शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ । कार्यक्रममा कान्स फिल्म फेस्टिभलमा सहभागी नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ को प्रदर्शन तथा अन्तरक्रिया पनि राखिएको महानगरपालिकाले जनाएको छ ।







पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,
इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण
सेन्चुरी मसलाको नयाँ एयरटाइट जार
कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि,