काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले वडा र पालिकास्तरीय अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीले जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन भने स्थानीय तहको निर्वाचनपछि गर्ने निर्णय गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले वडा र पालिकास्तरीय अधिवेशन स्थानीय तहको निर्वाचनअघि गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार आगामी पुस ११ गते देशभरका सबै वडामा एकैदिन अधिवेशन आयोजना गरिनेछ। त्यस्तै, माघ १५ गते देशभरका पालिकामा एकैदिन अधिवेशन गर्ने निर्णय भएको छ।
प्रवक्ता ज्वालाले स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन आयोजना गरिने बताउनु भयाे।
उहाँले भन्नुभयाे, ‘आगामी पुस ११ गते देशभरका सबै वडामा वडास्तरीय अधिवेशन आयोजना गर्नेछौँ। माघ १५ गते पालिकास्तरीय अधिवेशन हुनेछ। सबै पालिकामा एकैदिन अधिवेशन गर्ने निर्णय भएको छ। स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्नेछौँ।’
बैठकले पार्टीका अधिवेशनमा युवालाई विशेष प्राथमिकता दिने र ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने निर्णयसमेत गरेको ज्वालाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार तल्लो तहका अधिवेशनदेखि नै युवाको सहभागिता बढाउने नीति पार्टीले लिएको छ।







नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल