काठमाडौं । व्यवसायी नवीन बस्नेत पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार राति उनलाई पेप्सिकोलास्थित निवासबाट पक्राउ गरेको हो ।
१३ वर्षअघिको रक्तचन्दन तस्करीसम्बन्धी मुद्दामा बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
दोलखा घर भएका बस्नेत हाल ठेक्कापट्टासम्बन्धी व्यवसायमा संलग्न छन् । रक्तचन्दन तस्करीसम्बन्धी कसुरमा ठेगाना नखुलेको भन्दै पेन्डिङमा रहेका मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयाे ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि बस्नेतसहित पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभुशमशेर जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मारेको थियो ।
यसैबीच, व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको मुद्दा मिलाउन झापाका इनम सापकोटामार्फत चलखेल गरेको आरोपमा प्रहरीले जबरालाई पक्राउ गरेर रिहा गरेको थियो । इनम सापकोटाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ