काठमाडाैं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन् । सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप बढेपछि यातायात सञ्चालनमा समस्या भएको हो ।
पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो। तर, उक्त सडकमा पनि सवारीसाधनको चाप अत्यधिक बढेपछि थप समस्या उत्पन्न भएको छ । त्यसपछि नयाँ बसपार्कबाट छुट्ने सवारीसाधनलाई बसपार्कमै होल्ड गरिएको छ ।
सवारीसाधन रोकिँदा दशैं मनाउन घर फर्किन लागेका यात्रुहरू मर्कामा परेका छन् । अग्रिम टिकट लिएर बसपार्क पुगेका यात्रुहरू समेत यात्रा अनिश्चित भएपछि अन्योलमा परेका छन्। बसपार्कमा यात्रुको भीड बढ्दै जाँदा गन्तव्यमा पुग्ने समयबारे यात्रुहरू अन्योलमा छन् ।
दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेको समयमा राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा यातायात व्यवसायी थप समस्यामा परेका छन् ।
सडक भासिएको स्थानमा मर्मत गरी यातायात सञ्चालन सहज नबनाएसम्म काठमाडौं बाहिरिने सवारीसाधनको आवागमन प्रभावित हुने देखिएको छ । यात्रुले यात्रा सुरु गर्नुअघि सम्बन्धित यातायात व्यवसायी तथा ट्राफिक प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिनुपर्ने देखिन्छ ।













जलवायु परिवर्तनको असर विश्वसामु पुर्याउन
काँग्रेस महाधिवेशनः ५ हजार ६
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल
नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल,
एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि,