काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्रणाली सुदृढीकरण तथा नियमित मर्मतसम्भारका लागि नेपाल विद्युत् प्राधिकरणले विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् सेवा बन्द गर्न लागेको हो ।
प्राधिकरणको रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका अनुसार ११ केभी एक्सएलपीई केबल जडान, नियमित मर्मतसम्भार तथा चार्जिङ कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
शनिबार यी क्षेत्रमा विद्युत् बन्द हुने
शनिबार गैह्रीधारा फिडरअन्तर्गत लैनचौर चोक, उत्तरढोका, कैलासचौर, खरेल टोल, नीलसरस्वती स्थान, उत्तरढोका टुकुचा क्षेत्र, खोलागल मार्ग, गैह्रीधारा चोक, सनराइज बैंक क्षेत्र, बालुवाटार, चाइनिज एम्बेसी तथा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
त्यस्तै, हाँडीगाउँ फिडरअन्तर्गत ओम अस्पतालको अपोजिट क्षेत्रदेखि धोबीखोला करिडोर हुँदै भत्केको पुल, हाँडीगाउँ, हाँडीगाउँ कृष्ण मन्दिर, नक्साल भाटभटेनी, टंगाल, गहनापोखरी, छातागणेश, प्रहरी प्रधान कार्यालय, ज्ञानेश्वर र चारखालस्थित इच्छुवान रेस्टुरेन्ट तथा आसपासका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।
आइतबार यी क्षेत्रमा विद्युत् बन्द हुने
आइतबार कालिकास्थान फिडरअन्तर्गत कालिकास्थान वरको बोट, डिल्लीबजार चारखाल, डिल्लीबजार पिपलबोट, घट्टेकुलो दुर्गा मन्दिर, मैतीदेवी, मैतीदेवी सेतोपुल, मैतीदेवी मन्दिर, ज्ञानेश्वर ओरालो, रातोपुल तथा रातोपुलदेखि सेतोपुलसम्मका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
प्राधिकरणले तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् सेवा निर्धारित समयअघि नै सञ्चालनमा ल्याइने जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । साथै, थप जानकारीका लागि हटलाइन नम्बर ११५० वा प्राधिकरणको वेबसाइटमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।






भ्रष्टाचारविरुद्धको राष्ट्रसंघीय महासन्धि कार्यान्वयनबारे सबै
दीपक भट्टको मानव अधिकार संरक्षणको
५४ करोडभन्दा बढीको सुन बरामद
सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म