काठमाडौं । भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेको दाबी गरिएको छ । भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार शनिबार बिहान उहाँलाई गुरुग्रामको सेक्टर–५६ स्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
राठीलाई पक्राउ गर्न करिब ५० जनाको प्रहरी टोली उहाँको निवास पुगेको दाबी गरिएको छ । सुरक्षाकर्मीले शुक्रबार बेलुकादेखि नै उहाँको निवास आसपास निगरानी गरिरहेको विवरणमा उल्लेख छ ।
जर्मनीमा बसोबास गर्दै आएका राठी कक्रोच जनता पार्टीको प्रदर्शनमा सहभागी हुन भारत पुगेको बताइएको छ । निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै उक्त पार्टीले शनिबार दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन गर्ने आह्वान गरेको थियो ।
प्रदर्शनलाई लक्षित गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको विवरणमा उल्लेख छ । सडकमा ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक बल परिचालन गरिएको र प्रदर्शनका कारण सडक यातायात तथा रेल सेवा प्रभावित भएको दाबी गरिएको छ ।
यद्यपि, ध्रुव राठी पक्राउ परेको, इन्टरनेट सेवा बन्द गरिएको तथा यातायात सेवा प्रभावित भएको विषयमा सम्बन्धित निकायको आधिकारिक पुष्टि आवश्यक छ ।







उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब