काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौदी सडकखण्ड शनिबार अपराह्न ४ बजेसम्म सञ्चालनमा आउने सम्भावना देखिएको छ ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्डमा मर्मत तथा कटान नियन्त्रणको काम अघि बढाइएको सडक विभागले जनाएको छ ।
विभागले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै स्थानीय निकायसँग छलफलपछि सडकको ‘ब्याक कटिङ’ सुरु गरिएको जानकारी दिएको छ । अवस्था सामान्य रहे काम सुरु भएको करिब आठ घण्टाभित्र अर्थात् अपराह्न ४ बजेसम्म यातायात सञ्चालन गर्न सकिने विभागको भनाइ छ ।
यसअघि स्थानीय निकायबाट अवरोध भएका कारण ‘ब्याक कटिङ’को काम सुरु गर्न नसकिएको पनि विभागले जनाएको छ ।
सडक भासिएपछि पृथ्वी राजमार्गको गलौदी खण्डमा यातायात अवरुद्ध भएको छ । यसले काठमाडौं आउने तथा बाहिरिने यात्रु र सवारीसाधन प्रभावित भएका छन् ।
सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यात्रु तथा सवारीचालकलाई यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।







कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि
पोखरामा स्कुल बस दुर्घटना, १८