सुर्खेत । प्रहरीले सुर्खेतका विभिन्न जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराका अनुसार शुक्रबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाका जंगलबाट ती बन्दुक बरामद गरिएका हुन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ सान्नेघारीस्थित जंगलमा लुकाइछिपाइ राखिएका पाँच थान भरुवा बन्दुक फेला पारेको थियो ।
यस्तै, चौकुने गाउँपालिका–१ धामिसेनस्थित जंगलबाट १२ थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, प्रहरी चौकी रानिघाटबाट खटिएको टोलीले बराहताल गाउँपालिका–१ स्थित ज्यामिरे जंगलबाट थप एक थान भरुवा बन्दुक फेला पारेको हो ।
प्रहरीका अनुसार तीन स्थानबाट बरामद गरिएका बन्दुकबारे थप अनुसन्धान भइरहेको छ । बन्दुक कसले र के प्रयोजनका लागि जंगलमा लुकाएर राखेको थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका