काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यालय सानेपा पुग्नुभएको छ। नवनिर्वाचित सभापति गगन थापा पनि दिउँसो २ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको बाँकी मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ। सभापति पदको मतगणना भने राष्ट्रिय सभागृहमा गरिएको थियो।
बाँकी मतपेटिका सानेपा लगेर निर्वाचन समितिले मतगणनाको तयारी गरिरहेको निर्वाचन समितिका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
उहाँका अनुसार निर्वाचन समितिले आवश्यक तयारी पूरा गरेपछि पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरिनेछ। त्यसपछि आपसी सहमतिमा बाँकी मतगणना सुरु गरिनेछ।
निर्वाचन समितिले आज बेलुकासम्म आवश्यक तयारी पूरा गरेर मतगणना सुरु गर्ने जनाएको छ। समितिका अनुसार तीन दिनभित्र सबै पदको नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
महाधिवेशनमा कुल ७ हजार ३१७ मतदाता रहेकामा हिजो भएको मतदानमा ७ हजार ३९ मत खसेको थियो। बाँकी मतगणना सुरु हुनुअघि नवनिर्वाचित सभापति थापा पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ।






जलवायु परिवर्तनको असर विश्वसामु पुर्याउन
काँग्रेस महाधिवेशनः ५ हजार ६
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल
नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल,
एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि,