मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरमा अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका ३० वर्षीय उत्सव गोपालीको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ करिब ७ बजे घरबाट करिब ५०० मिटर पूर्वमा रहेको सार्वजनिक चौरस्थित उत्तिसको रुखमा अरिङ्गालको गोलो पोल्ने क्रममा गोपाली करिब २० फिट तल खस्नुभएको थियो।
रुखबाट खसेर गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल पठाइएका गोपालीको शनिबार उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रुखबाट खस्दा उहाँको टाउकोमा भित्री चोट लागेको थियो भने दुवै कानबाट रगत बगेको थियो।




सांसद खगेन्द्र सुनार अडियो प्रकरण
देउवा समूहको निर्णय : कांग्रेसका
कांग्रेस महाधिवेशन : यी हुन्
एमाले अध्यक्ष ओलीद्वारा नीति अध्ययन
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम
काँग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा