काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले बढ्दो महँगीका कारण जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताउनुभएको छ। उहाँले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गर्नुभयो।
नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव बस्नेतले दसैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व नजिकिँदै गर्दा बढ्दो महँगीले सर्वसाधारणमाथि थप आर्थिक भार परेको बताउनुभयो।
अघिल्लो वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिकले यस वर्ष महँगीका कारण त्यही सहजताका साथ चाडपर्व मनाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ। ग्यासको अभावका कारण उपभोक्ता अझै पनि लाइनमा बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “जनताले विकास, समृद्धि, सुखका सबै कुराहरू बिर्सिसकेका छन्। आज जनताहरू यति धेरै आतंकित छन् कि अब हामीलाई आतंकमुक्त वातावरण चाहियो भनिरहेका छन्। अब हामीलाई शान्ति सुरक्षा चाहियो भनिरहेका छन्। हिजो जनताका मागका विषयहरू नै अन्यत्र मोडिएको स्थिति छ।”
दसैँ, तिहार, छठ, ल्होसारलगायतका पर्वहरू नजिकिँदै गर्दा महँगीले जनतामाथि ठूलो आर्थिक भार थपेको उहाँले बताउनुभयो।
“अघिल्लो वर्ष जुन सहजताका साथ जनताले यी पर्वहरू मनाएका थिए, यसपालि त्यो सहजताका साथ पर्व मनाउन सक्ने अवस्था छैन। ग्यास नपाएर लाइन बस्नुपर्ने अवस्था छ। खाद्य सामग्रीको मूल्य दुई सय प्रतिशतभन्दा बढी बढेको छ। दैनिक जनजीवन निकै अस्तव्यस्त छ,” उहाँले भन्नुभयो।
सचिव बस्नेतले पछिल्लो समय जनता आतंकित बनेको दाबी गर्दै सरकारको रवैयाका कारण नागरिकले शान्ति सुरक्षा, विकास र समृद्धिका विषयलाई प्राथमिकतामा राख्न नसकेको बताउनुभयो।







मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको