काठमाडौं । फुटबलर्स मिसन टुगेदरले आयोजना गर्ने तेस्रो भेट्रान्स फुटबल प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजकले प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गर्दै विजेताले पाउने रकम घोषणा गरेको हो । नेपाली फुटबलको विकास र विस्तारसँगै पूर्वअन्तर्राष्ट्रिय खेलाडीको हकहितका लागि क्रियाशील सामाजिक संस्था फुटबलर्स मिसन टुगेदरले यसअघि उपविजेतालाई पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको छ ।
आयोजकका अनुसार प्रतियोगिता आगामी कात्तिक १० देखि १९ गतेसम्म भक्तपुरको मध्यपुर ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज २८ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् । ४० वर्षमाथिका खेलाडीले सहभागिता जनाउन पाउने प्रतियोगितामा देशका विभिन्न स्थानका २५ भन्दा बढी टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा धरान, हेटौंडा, पोखरालगायत स्थानका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजकले भेट्रान्स फुटबल प्रतियोगितामा हालसम्मकै ठूलो पुरस्कार राशि घोषणा गरिएको दाबी गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पूर्व तथा भेट्रान्स खेलाडीलाई नियमित रूपमा फुटबलमा सक्रिय राख्ने, उनीहरूको योगदानको सम्मान गर्ने र नेपाली फुटबलको विकासमा थप योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको फुटबलर्स मिसन टुगेदरले जनाएको छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका