काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँहाते मध्यम गतिका बलर टेकराज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरिएको ट्यालेन्ट हन्टमार्फत् स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको थियो । ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीलाई समेटिएको थियो ।
असोज १४ गते बैतडीको डिलासैनीमा दार्चुला र बैतडीका खेलाडीबाट सुरु भएको ट्यालेन्ट हन्ट असोज १५ गते बझाङ, असोज १६ गते डोटी र डडेल्धुरा तथा असोज १७ गते अछाम र बाजुरामा पुगेको थियो । असोज १९ गते धनगढीमा कैलाली र कञ्चनपुरका खेलाडीको ट्यालेन्ट हन्ट गरिएको थियो ।
ट्यालेन्ट हन्टको अन्तिम चरण असोज २० र २१ गते धनगढी ओभलमा आयोजना गरिएको थियो । थलाल यसअघि पनि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहिसक्नुभएका खेलाडी हुनुहुन्छ । यसपटक भने उहाँलाई सुदूरपश्चिम रोयल्सले एनपिएलको तेस्रो सिजनका लागि आइकोनिक खेलाडीका रूपमा अघि सारेको हो ।
ट्यालेन्ट हन्टबाट कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बमलाई ‘हिरोज’का रूपमा समेत छनोट गरिएको छ । उहाँहरू छ जना नै सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनुहुनेछ ।




सरकारको कूटनीतिक सिफारिसमा सुनुवाइ समितिको
मुख्यमन्त्री सम्मेलनबाट ‘कोशी घोषणापत्र’ जारी
देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम
कंगोमा इबोला प्रकोप भयावह, मृतक
आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?