काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले नेपाली उत्पादन ब्राण्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि प्रभावकारी ब्राण्डिङ अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको बताउनुभयो ।
‘नेपाली ब्राण्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक कार्यक्रममा मल्होत्राले नेपालमा नेपाली वस्तुको ब्राण्डिङ कमजोर रहेको र कतिपय अवस्थामा नक्कली ब्राण्डसमेत बजारमा बिक्री भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा धेरै सम्भावना भएका वस्तु छन् । छुर्पी, बेसार र अलैँचीजस्ता उत्पादनको पनि प्रभावकारी ब्राण्डिङ गर्न सकिएको छैन, ब्राण्डिङ क्षेत्रमा कानुनी समस्या पनि छन् । उपर्युक्त कानुन बनाई कानुनलाई छिटोभन्दा छिटो प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।’
मल्होत्राले नेपाली ब्राण्ड केवल कुनै वस्तु वा सेवाको नाममात्र नभई उत्पादन क्षमता, उद्यमशीलता, रोजगारी, लगानी, प्रविधि, गुणस्तर र नेपालको आर्थिक पहिचानसँग जोडिएको विषय भएको बताउनुभयो । नेपालमा उत्पादन बढाउने, आयात घटाउने र निर्यात विस्तार गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आए पनि उत्पादन बढाउनुमात्र पर्याप्त नहुने उहाँको भनाइ थियो । उत्पादनसँगै ब्राण्डिङ, गुणस्तर, बजार विस्तार र उपभोक्ताको विश्वास निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुपर्ने बताउनुभयो । मल्होत्राले भन्नुभयो, ‘नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्राण्डको पहिचान अपेक्षाकृत कमजोर छ, त्यसैले ‘मेड इन नेपाल’ लाई विश्व बजारमा बलियो पहिचान बनाउन सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक छ ।’ उहाँले नेपाली ब्राण्डलाई नेपालको बजारमा मात्र सीमित नराखी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन सरकारले स्थिर नीति, सहज व्यावसायिक वातावरण, लगानीमैत्री कानुन, पूर्वाधार र प्रविधिको विकास गर्नुपर्ने र निजी क्षेत्रले पनि उत्पादनको गुणस्तर, नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने बताउनुभयो ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ