काठमाडौं । विजयादशमीका अवसरमा सेफर्ड कलेज काठमाडौंले काठमाडौंको बानेश्वरस्थित असहाय सेवा सदनमा दशैँ विशेष कार्यक्रम सम्पन्न गरेको छ । कलेजको बिआइटी र बिएमटी कार्यक्रमका विद्यार्थीको सक्रिय सहभागितामा आयोजित कार्यक्रममा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग प्रदान गर्नुका साथै सांगीतिक प्रस्तुति गरिएको थियो ।
कार्यक्रममा आश्रममा आश्रित ज्येष्ठ नागरिकसँग दशैँको खुसी साटासाट गर्दै उनीहरूबाट टीका तथा आशीर्वाद ग्रहण गरिएको थियो । विद्यार्थीले प्रस्तुत गरेका सांगीतिक कार्यक्रमले ज्येष्ठ नागरिकसँगको भेटघाट थप आत्मीय बनाएको थियो ।
सो अवसरमा कलेजले आश्रमलाई सहयोग रकमसमेत हस्तान्तरण गरेको थियो । कार्यक्रममा संस्थाका प्रशासनिक अधिकृत प्रेमराज उप्रेतीले दाताहरूको सहयोगबाट संस्था अघि बढ्न सफल भएको भन्दै विद्यार्थीको अग्रसरतामा आयोजित यस्ता कार्यक्रमले नयाँ पुस्तामा सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कलेजका सहायक क्याम्पस प्रमुख प्रेम पुन्थोकीले दशैँको पूर्वसन्ध्यामा मनोरञ्जनसँगै सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो ।







ग्लोबल आइएमई बैंक दुई विधामा
रौतहटमा ४९ लाखभन्दा बढीकाे ठगी,
गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अपि