ललितपुर । राष्ट्रिय सहकारी बैंकले सहकारी ऐन, २०७४ मा भएका पछिल्ला परिवर्तन कार्यान्वयनका विषयमा सदस्य तथा सरोकारवालाबाट व्यक्त चासोबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी रजिष्ट्रारको कार्यालयबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैंकले सदस्य सहकारीहरूको बचत तथा ऋण कारोबार व्यवस्थापनका लागि नयाँ संरचना निर्माण गर्दा विद्यमान समस्या समाधान हुनुको सट्टा थप जटिलता उत्पन्न हुन सक्ने भन्दै सो सम्बन्धमा ध्यानाकर्षण गराएको छ । समस्याको समाधानका लागि एकीकरणलगायतका प्रक्रिया प्रचलित कानुनबमोजिम अघि बढाउनुपर्ने र सम्पत्ति तथा दायित्वको यथार्थ मूल्यांकन गर्न स्वतन्त्र(ड्यु डिलिजेन्स अडिट(डिडिए)प्रतिवेदनलाई आधार बनाउनुपर्ने बैंकको भनाइ छ । विज्ञप्तिमा सदस्य सहकारीको सेयर पुँजीको उचित मूल्यांकन, सदस्य स्वामित्वको संरक्षण तथा लोकतान्त्रिक शासन प्रणालीको निरन्तरतामा समेत जोड दिइएको छ ।
त्यसैगरी कर्जा, तरलता तथा सञ्चालनसम्बन्धी जोखिमको उचित पहिचान र व्यवस्थापन हुन नसके त्यसको प्रभाव समग्र सहकारी वित्तीय प्रणालीमा पर्न सक्ने बैंकले उल्लेख गरेको छ । बैंकले जोखिम व्यवस्थापन र विवेकशील नियमनलाई प्राथमिकतामा राख्दै सहकारी क्षेत्रको वित्तीय स्थायित्व कायम गर्नुपर्ने जनाएको छ । सदस्य सहकारी संस्थालाई थोक कर्जा उपलब्ध गराउने व्यवस्थामा विद्यमान कानुनी तथा नियामकीय सीमाले चुनौती सिर्जना गरेको पनि बैंकले जनाएको छ । विज्ञप्तिअनुसार, नियामकीय व्यवस्थाले सहकारीहरूलाई आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशतसम्म मात्र बाह्य कर्जा लिन पाउने सीमा तोकेको छ । त्यस्तै, सहकारी बैंकले कुनै एक संस्थालाई उक्त संस्थाको कुल सम्पत्तिको १५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नसक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
बैंकले सहकारी अभियानको दीर्घकालीन हित, वित्तीय स्थायित्व र संस्थागत सुशासन सुदृढ बनाउन आफ्ना सदस्य संस्थासँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।






संविधानप्रदत्त अधिकार नपाउँदा कार्यसम्पादन प्रभावितः
एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग
सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल
बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय
बहसमा बेनी बजार : सदरमुकाम
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता,