काठमाडौं । शिखर सुजले युवालक्षित केही मोडलका जुत्ताहरू बजारमा ल्याएको छ । युवालक्षित नयाँ र आकर्षक डिजाइनका उत्पादन बजारमा ल्याएको कम्पनीले आफूलाई युवाहरूको पहिलो रोजाइका रूपमा स्थापित गर्ने प्रयत्न पनि सँगसँगै गरिरहेको जनाएको छ । बदलिँदो फेसन र उपभोक्ताको रुचिसँगै जुत्ता बजारमा प्रतिस्पर्धा बढ्दै गएको सन्दर्भमा कम्पनीले पुरानो पहिचानमा मात्र सीमित नरही नयाँ पुस्तालाई आकर्षित गर्ने रणनीति अपनाएको हो ।
कम्पनीले डिजाइनमा नयाँपन ल्याउँदै आरामदायी र टिकाउ जुत्ता उत्पादनमा विशेष ध्यान दिएको जनाएको छ । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भन्नुभयो, ‘हामी बजारमा बिक्नेमात्र होइन, वर्षौं टिक्ने जुत्ता बनाउने लक्ष्यसाथ अघि बढेका छौँ, आकर्षक डिजाइनसँगै आरामदायी र बलियो जुत्ता बनाउनु हाम्रो प्राथमिकता हो ।’ युवाहरूले जुत्ता किन्दा डिजाइनसँगै आराम र टिकाउपनलाई पनि उत्तिकै महत्त्व दिने भएकाले कम्पनीले तीनवटै पक्षमा सन्तुलन मिलाउने प्रयास गरिरहेको उहाँको भनाइ छ ।
शिखरले तीन दशकको यात्रामा नेपाली बजार र उपभोक्ताको आवश्यकता बुझेर उत्पादन गर्दै आएको अध्यक्ष प्रसाईले बताउनुभएको छ ।







एमालेमाथि घेराबन्दी चालु छ, एकजुट
ग्लोबल आइएमई बैंक दुई विधामा
रौतहटमा ४९ लाखभन्दा बढीकाे ठगी,
गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै