काठमाडौं । सेञ्चुरी ग्रुप (दुगड स्पाइसेस)ले बजारमा प्रसिद्ध सेञ्चुरी मसला नयाँ तथा आकर्षक एयरटाइट जारमा बजारमा उपलब्ध गराइएको छ । कम्पनीले मसलाको गुणस्तर र ताजापन लामो समयसम्म कायम राख्ने उद्देश्यले नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार नयाँ एयरटाइट जारले मसलाको सुगन्ध र गुणस्तर लामो समयसम्म सुरक्षित राख्न मद्दत गर्नेछ । जारको डिजाइन आकर्षक हुनुका साथै प्रयोगपछि पनि घरायसी प्रयोजनका लागि पुनः प्रयोग गर्न सकिने गरी तयार गरिएको छ ।
नयाँ अफरअन्तर्गत ग्राहकले प्रत्येक जार खरिद गर्दा १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क प्राप्त गर्नेछन् । साथै, प्रयोगकर्ताको सहजतालाई ध्यानमा राख्दै प्रत्येक जारभित्र मसला निकाल्न एउटा चम्चा पनि समावेश गरिएको कम्पनीले जनाएको छ । स्वस्थ जीवनशैलीका लागि गुणस्तरीय तथा स्वच्छ मसलाको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले दैनिक खानामा सेञ्चुरी मसलाको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
कम्पनीका अनुसार नयाँ प्याकेजिङले उपभोक्तालाई गुणस्तरीय उत्पादनसँगै थप सुविधा र मूल्य प्रदान गर्ने अपेक्षा गरिएको छ । सेञ्चुरी ग्रुप दिगो विकासको दृढ पक्षधर तथा जिम्मेवार कर्पोरेट समूहका रूपमा देखिँदै आएको छ । नेपालको मसला क्षेत्रमा आफ्नो पहिचान बनाएको कम्पनीलाई उक्त परिष्कृत उत्पादनले पछिल्लो एक कदम माथि उठाएको छ ।







उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब