१. हाँस्यव्यङ्ग्य विधामा रमाउने विद्वान साहित्यकार वासुदेव गुरागाई उर्फ पिँडालु पण्डितद्वारा लिखित ‘तँ अब बुढो भइस्‘ शीर्षकको पुस्तक ढिलै भए पनि मेरो हात पर्यो । उक्त पुस्तक सतही रूपमा यसो हेर्दा लेखकले बुढ्यौली फोबियाबाट ग्रसित मनस्थितिमा लेखेको हो कि भन्ने जस्तो भान भयो तर लेखनशैली र अन्तर्वस्तुको प्रस्तुति हेर्दा दक्ष शिल्पीले कलापूर्ण ढंगमा निर्माण गरेको प्रस्तरमूर्ति वा कृष्ण मन्दिर जस्तो लाग्यो । हुन पनि हो, कृष्ण मन्दिरमा न एउटा ढुङ्गा झिक्न मिल्छ, न त एउटा ढुङ्गा थप्न मिल्छ ।
२. यसैगरी हास्यव्यङ्ग्य शैलीमा अन्त्य अनुप्राससमेतलाई ध्यानमा राखी शृखंलाबद्ध ढंगले बडो मिहिनेतका साथ तयार गरिएको १८० पेजको यो पुस्तक जसमा वर्तमान परिवेशमा हाम्रो समाजको यथार्थ चित्रण र लेखकले आफ्नो जीवनका घुम्तीहरूमा आजसम्म भोगेका र मृत्युपर्यन्त भविष्यमा हुनसक्ने सम्भावित भोगाइमा पर्ने घटना परिघटना समेतको असरलाई आफ्नो तर्फबाट कुनै तेस्रो व्यक्तिद्वारा अभिव्यक्त गराउनु भएको छ । घटनाक्रम यसरी सुरु हुन्छ ।
लेखक बिँग्रदै गएको देशको अवस्थासँग कति चिन्तित् हुनुहुन्छ भन्ने कुरा उक्त पुस्तकमा प्रस्तुत विषय वस्तुहरू हाम्रो समाजले दैनिक व्यवहारमा भोगिरहेको कुरालाई मनन गरी उजागर गरेर पाठक सामु पस्कनु भएको छ । यो सह्राहनीय काम हो यसका लागि उहाँलाई धन्यवाद पनि भन्न चाहन्छु । विशेष गरेर प्रौढहरूको लागि इंगित गरेर सरल भाषामा लेखिएको यो पुस्तक सबैका लागि पठनयोग्य छ ।
३. मध्यम वर्गीय परिवारमा एकजना बालक जन्मन्छ । ग्रामीण परिवेशमा जन्मिएको उक्त बालकले बाल्यावस्थामा पाउनुपर्ने शिक्षादीक्षा दिलाई विद्यालय शिक्षाको लागि भर्ना गरी आवश्यकता अनुसार विद्यालय परिवर्तनसमेत गरी बाख्रा गोठालो लागेर घरमा परी आएको काम र गृहकार्य समेत भ्याएर किशोरावस्थाबाट युवा हुँदै माध्यमिक शिक्षा पूरा गरी, आवश्यकता र क्षमताअनुसार उच्च शिक्षा हासिल गरी नेपाल सरकारको जागिरे भई, जागिरे जीवनमा अनेक हन्डर खाएर जागिरको अवधि समाप्त गरी अवकाश प्राप्त प्रौढ बनेर समाजमा प्रवेश गर्दा समाजमा विद्यमान अल्लारे आलाकाँचा उरण्ठेउला युवाहरूको एक जमातले बुढ्यौलीको अवस्था भनेको बाध्यताहो, यो कुनै रहर होइन, योसमयको साथ आउने प्राकृतिक क्रम हो ।
बालक जन्मन्छ, हुर्किन्छ, समाजमा उस्को भूमिकाके छ ? निभाउछ । प्रौढ हुन्छ र बुढो भएर एकदिनमर्छ । मर्न कसैलाई मन हुँदैन । भन्ने नबुझेर बुढाबुढीसँग हुनसक्ने ज्ञान, सीप, बुद्धि, विवेक, अनुभव, निर्णय गर्ने र योजना तर्जुमा गर्ने क्षमता आदि बौद्धिक सम्पत्तिको परवाह नगरी आफूनो बौद्धिक अल्पता नै सर्वोपरी मानेर प्रौढले उसको पदमा रहँदा विगतमा गरेको कामलाई उड्काएर हरेक क्षेत्रबाट कुरा गर्दै जाँदा अब तँ बुढो भइस भन्ने उपाधिले अलंकृृत गरेको दृश्य मात्र देखाएर बेकम्मा नै सावित गर्न खोजे । युवाको व्यवहार देखेर आफ्नो कुनै गल्ती नभए पनि आत्मग्लानि भएजस्तो लाग्यो ।
पदमा रहँदा दुनियाँले गर्ने नमन अहिलेको दमन, तत्समयमा भएको रबाफ अहिलेको जवाफ, पदमा भएका बेला नियमले नमिल्ने काम विनम्र स्वरमा नियमसमेत अगाडि राखेर हुँदैनभन्दा रुष्ट भई गनाउने मुख लगाउँदै फर्केका व्यक्तिहरू भेट हुँदा गर्ने व्यवहार र घोचपेच, त्यस्तै पहिला आफ्नो अगाडि पर्दा निहुरिएर हिँड्नेहरूलाई देख्दा अहिले आफू निहुरने अवस्था देखेर त्यत्तिकै आत्मग्लानि हुने । त्यस्तै पहिला गोरु धपाउँने बखत् बोलीमात्र सुन्दा पनि गोरुहरू दौडन्थे भने अहिले नाकको टुप्पोमा बसेको झिँगा धपाउँदा उड्दैन । यसरी यावत् व्यावहारिक कुरालाई इसु बनाएर वाक्क दिक्क बनाएकोमा वृद्धको जमातले अनेक तर्क दिँदा पनि सुनुवाइ हुँदैनथ्यो तर निकैवाद विदर बहसपछि सारा कुरा बुझेर अन्त्यमा आफ्नो गल्ती स्वीकारोक्ति प्रदान गरे ।
४. पूर्वीय दर्शनमा आधारित हाम्रो समाजमा आमा, बाबु, गुरु र पाहुनालाई देवता समान मानिन्छ । बिहान उठ्ने बित्तिकै आमा बाबुको चरण स्पर्श गरेरमात्र अन्य काममा लागिन्छ । हजारौं वर्षदेखि चलिआएको यो संस्कार अधो गतिमा जाँदैछ । हालको सञ्चार साधनको चरम प्रगतिको पराकाष्टा हो यो । पहिला यस्तो बिगबिगी थिएन । राष्ट्र भित्र पनि केही खबर पठाउन पर्यो भने मान्छे खटाउने वा पत्र पठाउने गरिन्थ्यो । अहिले यो अवस्था रहेन । अमेरिकामा घटेको घटना केही सेकेण्डमा हाम्रो कोठामा आइपुग्छ । जे कुराबाट फाइदा छ त्यसकै अनुपातमा हानी पनि हुनसक्छ । किशोर तथा युवा युवतीहरूलाई पश्चिमा हावाले छोइसकेको छ ।
५. सामाजिक सञ्जालबाट प्रसारण हुने जेसुकै कुरा पनि नकारात्मक चाहिँ छिटो नक्कल हुन्छ । तसर्थ हाम्रो समाज अनुशासित अवस्थामा आउने सम्भावना कमै छ । यहाँ लेखकले व्यक्त गर्नुभएका सामाजिक विकृतिलाई मनन् गरेर सुधारतर्पm लैजान, युवायुवती, अविभावक, वृद्धवृद्धा, एवम् समाज सेवी, सामाजिक अभियन्ता र इच्छुक बुद्धिजीवीहरूलाई समावेश गरी हरेक महिना अन्तकृया गर्दै जानुपर्ने हुन्छ । पूर्वीय संस्कार अनुसार संयुक्त परिवारमा बस्न चाहने हामी नेपाली परिवारमा आमाबाबुले सकुन्जेल छोराछोरीसँग काम गर्ने र मर्नेबेलामा पनि परिवारकै उपस्थितिमा मर्न रुचाउने चलन छ ।
संयुक्त परिवारमा सम्भव नभए, छोराहरू छुट्टाछुट्टै बस्न चाहेमा कुन छोरा बुहारी मन पर्छ त्यसैसँग बस्ने चलन छ । यस्तो विशाल सोचाइ भएको हाम्रो धर्म संस्कृति, रीतिरिवाज, शिक्षा जस्ता कुरामा विदेशीको हात पर्नाले विशेष गरेर सुधार र सहयोगको नाममा विपन्न वर्गका गरिक जनतालाई चारो छर्किएर विभिन्न प्रलोभन देखाई हाम्रो धर्म संस्कृतिका अवयवहरूलाई तहसनहस पारेर समाजमा उथलपुथल गराउने अवाञ्छित तत्व सफल हुँदै गएकोमा हामी पनिसमयमै सजग हुन जरुरी छ ।
६. अन्त्यमा, लेखक बिग्रँदै गएको देशको अवस्थासँग कति चिन्तित् हुनुहुन्छ भन्ने कुरा उक्त पुस्तकमा प्रस्तुत विषय वस्तुहरू हाम्रो समाजले दैनिक व्यवहारमा भोगिरहेको कुरालाई मनन् गरी उजागर गरेर पाठक सामु पस्कनु भएको छ । यो सह्राहनीय काम हो यसका लागि उहाँलाई धन्यवाद पनि भन्न चाहन्छु । विशेष गरेर प्रौढहरूको लागि इंगित गरेर सरल भाषामा लेखिएको यो पुस्तक सबैका लागि पठनयोग्य छ । यस्तो स्तरीय पुस्तकलाई कुनै निकाय, व्यक्ति वा लेखकको आफ्नै पहलमा अनुवाद गर्न लगाई भिशा मिलाई दिने व्यवस्था भएमा विदेशी पाठकहरूले यसका बढी फाइदा लिन पाउने थिए । भोलिको अन्तर्राट्रिय बजारमा विश्व साहित्यसँग प्रतिस्पर्धामा नेपाली साहित्यले अग्रस्थान नलिनु भन्ने छैन । तसर्थ त्यस दिशामा पनि ध्यान जावस् भन्न चाहन्छु ।
(लेखक तेजप्रकाश बानियाँ पूर्वसहायकरथी हुनुहुन्छ ।)







चौध लाखभन्दा बढीका सामान र
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल
सुर्खेतका जंगलबाट एकै दिन १८
सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट