काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन तथा दिगो मोबिलिटी समाधानको क्षेत्रमा सक्रिय दिगोले युलिन्स स्कुललाई सिएचटिसी ब्राण्डका १६–सिटर ४० वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ । विद्यालय यातायातलाई स्वच्छ, प्रभावकारी र वातावरणमैत्री बनाउने उद्देश्यसहित गरिएको हस्तान्तरणले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुँदै गएको संकेत गरेको कम्पनीले जनाएको छ ।
निर्माता कम्पनीका प्रतिनिधि झुसियान सोंगले दिगो तथा युलिन्स स्कुलका प्रतिनिधिहरूको उपस्थितिमा विद्युतीय भ्यानहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो । कम्पनीका अनुसार दैनिक विद्यालय आवतजावतलाई सहज र भरपर्दो बनाउने उद्देश्यले तयार गरिएका सिएचटिसीका १६-सिटर इलेक्ट्रिक भ्यानले कम सञ्चालन खर्च, न्यून प्रत्यक्ष उत्सर्जन र कम ध्वनिसाथ यात्रा गर्न सकिने विशेषता प्रदान गर्छन् ।
४० वटा इलेक्ट्रिक भ्यानलाई आफ्नो यातायात प्रणालीमा समावेश गरेसँगै युलिन्सले परम्परागत इन्धनमा आधारित सवारीसाधनमाथिको निर्भरता घटाउने तथा विद्यालय समुदायका लागि आधुनिक र वातावरणमैत्री यातायात सेवा विस्तार गर्ने दिशामा कदम चालेको छ ।
सो अवसरमा दिगोका ग्रुप प्रमुख कार्यकारी अधिकृत (ग्रुप सिइओ) सौरभ श्रेष्ठले युलिन्स स्कुलसँगको सहकार्यलाई कम्पनीका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्नुभएको थियो । त्यसैगरी स्कुलकी प्रधानाध्यापक एकता सिंह राणाले विद्युतीय भ्यानको समावेशले विद्यालयको यातायात सेवा थप प्रभावकारी र वातावरणप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने बताउनुभएको थियो ।







अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी