बागलुङ । निसीखोलामा आएको बाढीले सयौँ नागरिक घरबारविहीन बनेका छन् । उनीहरु अहिले पनर्स्थापनाको पर्खामा छन् । तर राज्यले अहिलेसम्म राहतसमेत उपलब्ध गराउन सकेको छैन । निसीखोला गाउँपालिकाले घर पूर्ण रुपमा क्षति भएका परिवारलाई ३० हजार रुपैयाँ र आंक्षिक घर क्षति भएका परिवारलाई १० हजार उपलब्ध गराएको छ ।
बाढीले पालिकाभर ठूलो भौतिक क्षति पुर्याएको छ । बाढीपहिरोबाट उक्त गाउँपालिकामा मात्रै झण्डै १० करोडको क्षति पुगेको छ । अविरल वर्षासँगै आएको बाढीपहिरोले बागलुङको निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने करिब रु १० करोड बराबरको भौतिक क्षति पुर्याएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले बताउनुभयो ।
निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकैपरिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश तथा निसान विकको ज्यान गएको हो । यस्तै निसीखोला–६ मा गोठ पुरिँदा गोठभित्र सुतिरहेका सुर्ज बहादुर घर्ती मगरको मृत्यु भएको थियो ।
गाउँपालिका–४ स्थित कानाबगर र झिवाखोला बजारको केही भाग बगरमा परिणत भएको छ । मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा ठूलो क्षति बनाएको छ । झिवाखोला बजारको पुरानो बजार, हाडवर्यर, फर्निचर, किराना पसल तथा लिटिल रोज बोर्डिङसहित प्रहरी चौकीमा क्षति पुर्याएको छ ।
गाउँपालिकामा सडक पूर्वाधार, निजी आवास, विद्यालय तथा स्वास्थ्य चौकी भवन, खानेपानी, सिँचाइ, लघु विद्युत्, पुल र कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । गाउँपालिका भरमा निसीखोलामा आएको बाढी र विभिन्न क्षेत्रमा खसेको पहिरोले नौ करोड ९२ लाख २९ हजार ९५० को भौतिक क्षति गराएको छ ।
सडक पूर्वाधारमा रु तीन करोड ४० लाख, भवन तथा आवासमा पाँच करोड ३० लाख, खानेपानीमा पाँच लाख १२ हजार, सिँचाइमा ३५ लाख ३८ हजार, विद्युत्मा रु ३७ लाख ४० हजार, झोलुङ्गे पुलमा रु २० लाख, कृषि क्षेत्रमा रु ३३ लाख २८ हजार नोक्सानी भएको छ ।
बाढीपहिरोले सडक पूर्वाधारमा क्षति पुरÞ्याउँदा ग्रामीण क्षेत्रको जनजीवन नै प्रभावित बनाएको छ । कालोपत्र सडक, ढलान सडक, ग्याबिन पर्खाल र नालीमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्गको ठाउँ ठाउँमा कटान हुँदा केही दिन यातायात ठप्प भएको थियो । अहिले भने अस्थायी रुपमा एकतर्फी संचालनमा आएको छ ।







चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध
तोलामा २ हजार १ सय
प्रहरी निरीक्षकहरूलाई दबाब र प्रभावमुक्त
नागरिकको विश्वास नै प्रहरीको वास्तविक