गोरखा । बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ । बाढीका कारण जगत बजारमा समेत ठूलो क्षति पुगेको छ ।
स्थानीय विशाल घलेका अनुसार नदीमा आएको बाढीले सल्लेरी बजार बगाउनुका साथै जगत बजारमा पनि क्षति पुर्याएको हो ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशंका गरिएको छ । यद्यपि, बाढीको कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार आइतबार बिहानै नदीमा ठूलो आवाज सुनिएसँगै पानीको बहाव तीव्र रूपमा बढेको थियो ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका बस्तीमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।
बाढी तल्लो तटीय क्षेत्रतर्फ बगिरहेकाले जोखिमयुक्त क्षेत्रमा नबस्न र नदी किनारबाट टाढा रहन प्रमुख प्रशासकीय अधिकृत सापकोटाले सर्वसाधारणलाई अनुरोध गर्नुभएकाे छ ।







सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य,
हराउन थाले दसैँका परम्परागत पिङ
अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न
नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप