ओमानको अल अमेरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो।
नेपालका कप्तान रोहित पौडेलले शतकीय इनिङ्स खेल्नुभयो। उहाँले १२६ बलमा ८ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाउनुभयो।
त्यस्तै, गुलशन झाले ४८, बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रनको योगदान दिनुभयो।
क्यानडाका बलर अखिल कुमारले चार विकेट लिनुभयो। सुखजिन्दर सिंहले तीन तथा जाहिद सिर्जादले दुई विकेट हात पार्नुभयो।
नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याउँदै क्यानडा जितका लागि मैदानमा उत्रनेछ।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको