काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा सकारात्मक प्रतिक्रिया पाएपछि कम्पनीले क्षेत्रीय बजारमा पनि यो मोटरसाइकलको उपलब्धता विस्तार गरेको हो। अब ग्राहकले आफ्नो नजिकैको आधिकारिक यामाहा डिलरशिपमा पुगेर मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन र बुकिङ गर्न सक्नेछन्।
यामाहाको ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’ भन्ने मूल मान्यतामा आधारित एक्सएसआर १५५ मा रेट्रो शैली र आधुनिक प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ। मोटरसाइकलमा भीभीए प्रविधिसहितको १५५ सीसी लिक्विड–कुल्ड इन्जिन र ६ स्पिड गियर ट्रान्समिसन रहेको छ। यसले दैनिक आवागमनसँगै हाइवे राइडका लागि पनि उपयुक्त प्रदर्शन, पावर र स्थिरता प्रदान गर्ने कम्पनीको दाबी छ।
यसअघि ब्ल्याक, ग्रे र रेड रङमा उपलब्ध एक्सएसआर १५५ मा ग्राहकको मागअनुसार कम्पनीले नयाँ ब्लु रङ थप गरेको हो। नयाँ ब्लु भेरिएन्टको मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार नयाँ रङको विकल्पले नियो–रेट्रो शैलीको मोटरसाइकल खोज्ने ग्राहकलाई थप छनोटको अवसर प्रदान गर्नेछ।
क्षेत्रीय बजारमा मोटरसाइकल विस्तार गरिएको अवसरमा एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले एक्सएसआर १५५ ले बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको बताउनुभयो।
उहाँले राइडरहरूले थप रङका विकल्प माग गरिरहेकाले ब्लु एक्सएसआर १५५ क्षेत्रीय बजारमा पुर्याउनु महत्त्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो। क्षेत्रीय ग्राहक पनि यामाहाको बढ्दो एक्सएसआर समुदायको महत्त्वपूर्ण हिस्सा रहेको बताउँदै उहाँले उनीहरूलाई थप विकल्प र उत्कृष्ट अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जनाउनुभयो।
कम्पनीका अनुसार क्षेत्रीय बजारमा उपलब्धता विस्तार गर्नुको उद्देश्य स्थानीय राइडरसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै देशभर एक्सएसआर प्रयोगकर्ताको समुदाय विस्तार गर्नु हो।
ब्लु यामाहा एक्सएसआर १५५ को टेस्ट राइड तथा बुकिङ देशभरका आधिकारिक यामाहा डिलरशिपमा खुला गरिएको कम्पनीले जनाएको छ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं