रुपन्देही । २०६४ साल मा २५ जना सदस्यबाट स्थापना सुरु भएको सितारा सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडमा सदस्य संख्या बढेर ८ सय ११ पुगेको छ । सहकारीले सदस्यको विश्वास जित्दै कारोबार विस्तार गरेको जनाएको छ । संस्थाले यस वर्ष सेयर सदस्यलाई ९.४५ प्रतिशत बोनस सेयर लाभांश दिएको छ ।
सहकारीको १९औँ वार्षिक साधारणसभा असोज २३, २४ र २५ गते सम्पन्न भएको हो । साधारणसभामा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, सेयर सदस्यको सहभागिता तथा आगामी योजनाबारे छलफल गरिएको थियो ।
सहकारीका अध्यक्ष मातृका ज्ञवालीले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षको तुलनामा संस्थाको सेयर संख्या बढेको बताउनु भयो । आर्थिक कारोबारमा मितव्ययिता अपनाउँदै संस्थालाई व्यवस्थित रूपमा अघि बढाइएको उहाँको भनाइ थियो ।
२०७४ सालमा २५ जना सदस्यबाट सुरु भएको सहकारीले छोटो समयमै सदस्य संख्या बढाएर ८सय११ पुर्याएको ज्ञवालीले बताउनु भयो ।
सदस्यको सहभागिता र विश्वास नै संस्थाको प्रगतिको आधार भएको उल्लेख गर्दै अध्यक्ष ज्ञवालीले आगामी दिनमा पनि सदस्य संख्या थपिँदै जाने बताउनुभयो ।
साधारणसभामा संस्थाको आर्थिक कारोबार तथा सदस्यलाई प्रदान गरिने लाभांशबारे जानकारी गराइएको थियो । सहकारीले यस वर्ष ९.४५ प्रतिशत बोनस सेयर लाभांश दिने जनाएको छ ।
साधारणसभामा संस्थाले ज्येष्ठ सदस्य, असल ऋणी, पूर्वसल्लाहकार तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । ८० वर्षीय ज्येष्ठ सदस्य नारायण न्यौपाने र ज्येष्ठ सदस्य सरस्वती ज्ञवालीलाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थाका असल ऋणी तुलसीप्रसाद रेग्मी र पूर्वसल्लाहकार प्रकाश आचार्यलाई पनि सम्मान गरिएको कोषाध्यक्ष पित्ताम्बर खनालले बताउनु भयो ।
शिक्षातर्फ कक्षा १२ उत्तीर्ण गरेका उत्कृष्ट विद्यार्थी मीनबहादुर थापा र प्राप्ति ज्ञवालीलाई सम्मान गरिएको थियो । सदस्यलाई बचत तथा ऋण कारोबारमा प्रोत्साहन गर्नुका साथै शिक्षा र सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले सम्मान कार्यक्रम राखिएको संस्थाले जनाएको छ ।
साधारणसभामा उपाध्यक्ष रमेशकुमार पराजुलीले स्वागत मन्तव्य लेखा सुपरिवेक्षण समितिका सह संयोजक सीता खनालले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, कोषाध्यक्ष पिताम्बर खनालले संस्थाको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
साधारणसभामा संस्थाका सल्लाहकार यादव भण्डारी, संस्थापक अध्यक्ष रामबहादुर खड्का र झबिन्द्र भन्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीलाई सदस्यको हितमा केन्द्रित गर्दै पारदर्शी, व्यवस्थित र विश्वासिलो संस्थाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
तिलोत्तमा नगरपालिका-४, ड्राइभरटोलमा रहेको सितारा सामाजिक उद्यमी सहकारी संस्थाले सदस्यलाई बचत गर्ने बानीको विकास गराउनुका साथै आवश्यकताअनुसार ऋण सेवा उपलब्ध गराउँदै आएको छ ।
सदस्य संख्या विस्तारसँगै संस्थाले आगामी दिनमा आर्थिक अनुशासन, पारदर्शिता र सदस्यको हितलाई प्राथमिकता दिएर थप काम गर्दे जाने अध्यक्ष ज्ञवालीले बताउनु भयो ।







पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,