काठमाडौं । अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्ने हुनुभएको छ । काठमाडौंले सामाजिक सञ्जालमार्फत् बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
बोसिस्टोले एनपिएलको अघिल्ला दुई संस्करणमा कर्णाली याक्सबाट खेल्नुभएको थियो । तेस्रो संस्करणमा भने उहाँ नयाँ टोलीबाट मैदानमा उत्रनुहुनेछ । काठमाडौंले यसअघि अष्ट्रेलियाका अनुभवी ब्याटर डेविड वार्नर, श्रीलंकाका सहान अराचिंगे र भारतका केएस भरतलाई पनि टोलीमा समेटिसकेको छ ।
३३ वर्षीय बोसिस्टो ब्याटिङसँगै अफब्रेक बलिङ गर्ने क्षमता भएका खेलाडी हुनुहुन्छ । उहाँले अष्ट्रेलियाको उमेर समूहको क्रिकेटमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । सन् २०१२ मा अष्ट्रेलियाको यू-१९ टोलीको कप्तानी गर्नुभएका उहाँले सोही वर्षको यू–१९ विश्वकप खेल्नुभएको थियो ।
बोसिस्टोले अष्ट्रेलियाको घरेलु क्रिकेटमा फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी-२० प्रतियोगिता खेल्नुभएको छ । उहाँले फर्स्ट क्लास क्रिकेटका २८ खेलमा एक हजार १०० भन्दा बढी रन बनाउनुका साथै अफब्रेक बलिङबाट १७ विकेट लिनुभएको छ ।
यस्तै, काठमाडौं गोर्खाजले तेस्रो सिजनमा क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसेजसँग अब्रोड स्टडी पार्टनरका रूपमा सम्झौता गरेको छ । सम्झौतापत्रमा काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र क्लाउड एजुकेसन ग्रुप प्रालिका निर्देशक आयुष गौतमले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुरूप काठमाडौंको आधिकारिक जर्सीको नन लिडिङ आर्ममा क्लाउड एजुकेसनको लोगो हुनेछ । काठमाडौंका कार्यकारी निर्देशक सिरोहियाले क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसेजलाई अफिसियल अब्रोड स्टडी पार्टनरका रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी भएको विचार व्यक्त गर्नुभयो ।
क्लाउड एजुकेसन ग्रुप प्रालिका निर्देशक गौतमले नेपालमा क्रिकेट खेलमात्र नभएर ठूला सपना देख्न प्रेरित गर्ने एउटा भावना भएको र काठमाण्डुसँग सहकार्य गरेर देशभरका विद्यार्थी र प्रशंसकसँग जोडिन चाहेको जनाउनुभयो ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ