काठमाडौं । पहिलो टेलुन ओपन टेनिस टुर्नामेन्टको पुरुष डबल्सतर्फको उपाधि प्रदिप खड्का र निहालजंग थापाको जोडीले जितेको छ । फाइनल प्रतिस्पर्धामा शाश्वत बज्राचार्य र करणबहादुर थापाको जोडीलाई पराजित गर्दै प्रदिप र निहालको जोडी च्याम्पियन बनेको हो । डेली कम्फर्टको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत ६५ वर्षमाथिको उमेर समूहको सिंगल्सतर्फ कमल थापाले उपाधि जित्नुभएको छ भने ध्रुव गुरुङ उपविजेता बन्नुभयो । सोही उमेर समूहको डबल्सतर्फ कमल थापा र चम्बा धोन्धुपको जोडीले पहिलो स्थान हासिल गर्दा प्रकाश बोगटी र विक्टर राणाको जोडी दोस्रो भयो ।
यसैगरी, ५५ वर्षमाथिको सिंगल्सतर्फ आशिष सिग्देलले उपाधि चुम्नुभएको छ भने मनोज शाह उपविजेता बन्नुभयो । डबल्सतर्फ देवेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी विजेता बन्दा रोशनकान्त घिसिङ र प्रताप मुक्तानको जोडी उपविजेता बन्यो ।
४५ वर्षमाथिको सिंगल्सतर्फ कमल भण्डारी च्याम्पियन बन्दा देव क्षेत्री उपविजेता रहनुभयो । डबल्सतर्फ कमल भण्डारी र दुर्गा केसीको जोडीले जित हासिल गर्दा देव क्षेत्री र अमित गुरुङको जोडी दोस्रो स्थानमा सीमित भयो । ३५ वर्षमाथिको उमेर समूहको सिंगल्सतर्फ जितेन्द्र परियारले उपाधि आफ्नो नाममा गराउनुभयो भने सन्तोष खत्री उपविजेता बन्नुभएको छ । सोही विधाको डबल्सतर्फ इलम दीक्षित र जितेन्द्र परियारको जोडीले पहिलो स्थान हासिल गर्दा गगन महर्जन र भीष्मजंग गुरुङको जोडी उपविजेता बन्यो ।
पुरस्कार वितरण समारोहमा नेपाल टेनिस संघका प्रवीन वैद्य, भिवोका प्रज्ञात तिमिल्सिना, युनाइटेड सिमेन्टका राजेश वैध, धोकाइमा क्याफेका इलम दीक्षित, योयो मोमोका उग्येन शेर्पा तथा कन्ट्री भिल्लाकी रेणुदेवी कोन्डालगायतका अतिथिहरूको उपस्थिति थियो । कार्यक्रममा उपस्थित अतिथिहरूले विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार तथा बधाई ज्ञापन गरे ।







पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,
इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण