काठमाडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी राष्ट्रिय टोलीका खेलाडी सम्मानित भएका छन् । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको ५० वर्ष पूरा भएको अवसरमा नेपाल भलिबल संघ (एनभिए) ले गोल्डेन जुबली कार्यक्रम आयोजना गरी तत्कालीन टोलीका खेलाडीलाई सम्मान गरेको हो ।
संघले सन् १९७६ मा पाकिस्तानमा आयोजित कायदे आजम भलिबल प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मानपत्र र खादा प्रदान गरेको थियो । ऋषिराज आचार्यको कप्तानीमा नेपाली टोलीले उक्त प्रतियोगितामा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय भलिबलमा नेपालको यात्रा सुरु गरेको थियो ।
सम्मान कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको टोलीका चार खेलाडी र टोलीका व्यवस्थापक मधुशमशेर राणा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा रेशम गुरुङ, रवीन्द्र श्रेष्ठ, मधुसुदन राना र कपिलकिशोर श्रेष्ठ सहभागी हुनुभएको थियो । टोलीका कप्तान ऋषिराज आचार्य र महेन्द्रलाल श्रेष्ठ भने कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।
कार्यक्रममा व्यवस्थापक राणाले पाँच दशकअघि पाकिस्तानमा प्रतियोगिता खेल्दाका अनुभव र रोचक क्षण सुनाउनुभएको थियो । उहाँले लामो समयपछि संघले आफूहरूलाई सम्झिएर सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
नेपालको अन्तर्राष्ट्रिय भलिबल यात्राको सुरुवातमा योगदान पुर्याएका खेलाडीलाई सम्मान गर्दै संघले नेपाली भलिबलको इतिहास र त्यसको विकासमा उनीहरूले खेलेको भूमिकाको स्मरण गरेको हो ।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको