काठमाडौं । नेपाल आठौं डब्लुजिकेएफ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा चौथो भएको छ । भारतको पुनेमा भएको प्रतियोगितामा नेपालले आठ स्वर्ण, नौ रजत र आठ कांस्य जितेको प्रतियोगतामा रेफ्रीका रूपमा सहभागी रवि शाहीले जानकारी दिनुभयो ।
विवेक शाही, मनिषा मगर, सन्ध्या श्रेष्ठ, राधिका धामी, दिप्सन सापकोटा, सलिना तामाङ र सविर श्रेष्ठ डंगोलले नेपाललाई स्वर्ण दिलाउनुभयो । दिप्सनले दोहोरो स्वर्ण जित्नुभयो ।
अन्भी शाही, वान्स श्रेष्ठ, पारस बडिला, जनक सार्की, मनिषा तामाङ, राजवीर राउत, वर्षा केसी, अनमोल रम्तेल र विजय बुढाले रजत हात पार्नुभयो ।
अन्भी शाही, आशिका विक, चेलिफुङ लिम्बू, सुविता गौतम र रितु थापाले कांस्य प्राप्त गर्नुभयो । सुविता र रितुले दोहोरो रजत जित्नुभयो । मिक्स टिम कातामा दिप्सन सापकोटा, बन्दना तामाङ र यनोज महर्जनले पनि कांस्य जित्नुभयो ।
प्रतियोगतामा भारत ४१ स्वर्णसहित पहिलो, दक्षिण अफ्रिका २९ स्वर्णसाथ दोस्रो र चेकिया २१ स्वर्णसाथ तेस्रो भए । निर्णायक शाहीका अनुसार प्रतियोगिताको अर्को संस्करण जर्मनीमा २०२८ मा हुनेछ ।







बिदाइ खेलमा मेसीकाे गोल, अर्जेन्टिनाकाे
पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई