काठमाडौं । ओखलढुंगा जिल्लाका कलाकार तथा साहित्यकारहरूको संस्था ओखलढुंगा कला साहित्य समाजको नवौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । समाजका अध्यक्ष गोपाल विश्वकर्माको सभापतित्वमा आयोजना भएको उक्त कार्यक्रममा समाजसेवी तथा व्यवसायी सीताराम गुरुङ प्रमुख अतिथि रहनुभएको थियो । अतिथिहरू राजेन्द्र गहतराज र कृष्ण तामाङ रहनुभएको थियो भने सल्लाहकारहरू विनोद दाहाल, शक्ति श्रेष्ठ, बलबहादुर परियार, माधवप्रसाद दाहाल, डिलीप्रसाद दाहाल (मूलतिहुन) र राज राईको उपस्थिति रहेको थियो ।
जितेन्द्र बानियाँको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका महासचिव जीवन बोमजनले गर्नुभएको थियो । उक्त कार्यक्रममा समाजकी कोषाध्यक्ष सुस्मिता कटवालले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो भने महासचिव जीवन बोमजनले महासचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विनोद दाहाल वत्स, अर्जुन पोखरेल, राजेन्द्र गहतराजलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सीताराम गुरुङले ओखलढुंगा कला साहित्य समाजसँगको जोडिएको आफ्नो अनुभूति बताउनुभयो । आफूले यस कला साहित्य समाजलाई सहयोग गरिरहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
यसअगाडि पनि उहाँले उक्त समाजलाई ओखलढुंगा सदरमुकाममा समाजको कार्यलय स्थापनार्थ जग्गा दिनुभएको छ भने बेलाबेलामा आर्थिक सहयोग पनि गर्दै आउनुभएको छ । कार्यक्रमको अन्त्यमा कला साहित्य समाजले गरेका कामहरूको चर्चा गर्दै सभापति गोपाल विश्वकर्माले कार्यक्रम समापन गर्नुभएको थियो ।







अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी