विराटनगर । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको १०औं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को अडिशन जारी छ । प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाइरहेका छन् ।
आयोजकका अध्यक्ष जयराज रायका अनुसार विराटनगर, इटहरी, धरान, गछिया, विराटचोक, उर्लाबारी, दमक र बिर्तामोडमा अडिशन भइरहेको छ । अडिशनमा ‘मिस कोशी’का विजेता, स्थानीय समाजसेवी तथा मिडियाकर्मी निर्णायकका रूपमा रहेका छन् ।
छनोट चरणबाट छानिएका प्रतियोगीलाई दशैँको बिदामा प्रशिक्षण दिइनेछ । बालबालिकाको पढाइमा असर नपर्ने गरी उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको अध्यक्ष रायले बताउनुभयो । आयोजकका अनुसार प्रतियोगिताको फिनाले छठपछि हुनेछ ।







तीस अर्ब रूपैयाँ निक्षेप तान्दै
राष्ट्रपति पौडेलसमक्ष थारू आयोग र
कोरिया पठाइदिने भन्दै ठगी गरेको
हावाहुरी र वर्षाका कारण प्रभावित
ऊर्जामन्त्री श्रेष्ठले भने : ‘देश
कांग्रेसमा प्रत्यक्ष सभापति निर्वाचित गर्ने