काठमाडौं । साहित्यकार पारिजातका साहित्यिक कृतिमा आधारित एकहप्ते चित्रकला प्रदर्शनी ‘क्यानभासमा पारिजात’ शुक्रबारदेखि काठमाडौंको म्हैपीस्थित पारिजात स्मृतिकेन्द्रमा सुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरेको प्रदर्शनीमा १६ जना कलाकारले पारिजातका कविता, कथा, उपन्यास र आत्मसंस्मरणलगायतका रचनामाथि सिर्जना गरेका चित्र राखिएका छन् ।
उद्घाटन कार्यक्रममा वक्ताहरूले चित्रकलामार्फत पारिजातको व्यक्तित्व र कृतित्वलाई नयाँ आयाम दिनुका साथै साहित्य र चित्रकलाबीचको सिर्जनात्मक सम्बन्ध उजागर भएको बताए ।
पारिजातका रचनालाई रङ र रेखामार्फत प्रस्तुत गर्ने प्रयासले सामाजिक रूपान्तरण, जागरण र प्रगतिशील विचारको प्रवर्द्धनमा योगदान पुग्ने उनीहरूको भनाइ थियो । प्रदर्शनीमा आधुनिक समसामयिक, मिथिला, पर्वते तथा थांका शैलीका चित्र समावेश छन् ।






आजदेखि बडादशैँ सुरु, घरघरमा घटस्थापना
प्रश्न उठाएर उदाएका गगन जवाफ
संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,